You are viewing the translated version of आफै उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्था.
Section 11
आफै उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्था
(१) सूचक संस्थाले आफैं उपस्थित नभई स्थापित हुने व्यावसायिक सम्बन्ध वा कारोबारका सम्बन्धमा ऐनको दफा ७ट,. बमोजिम जोखिम मूल्याङ्कन गरी व्यवस्थापनका आवश्यक उपाय अवलम्बन गर्नु पर्नेछ। स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “आफैँ उपस्थित नभई स्थापित हुने व्यावसायिक सम्बन्ध वा कारोबार” भन्नाले सामान्यतया देहायका सम्बन्ध वा कारोबार सम्झनु पर्छ:-
(क) इन्टरनेट, टेलिफोन, फ्याक्स, हुलाक वा यस्तै अन्य प्रकारले स्थापित व्यावसायिक सम्बन्ध,
(ख) इन्टरनेटमार्फत हुने कारोबार,
(ग) एटीएममार्फत हुने कारोबार,
(घ) टेलिफोन: वा मोबाइल बैङ्डिङ्ग,
(ङ) फ्याक्स वा विद्युतीय माध्यम वा अन्य त्यस्तै उपकरणमार्फत कारोबारका लागि दिने निर्देशन वा कारोबार,
(च) विद्युतीय माध्यम वा प्रिपेड वा पुनः मूल्य थप गर्न सकिने कार्ड वा खातामार्फत नगद वा भुक्तानी हुने वा प्राप्त गर्ने कारोबार ।
(२) सूचक संस्थाले प्रत्यक्ष रूपमा आफैँ उपस्थित नहुने ग्राहकसँग व्यावसायिक सम्बन्ध वा कारोबार गर्दा प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारीबाट प्रमाणित भएको कागजातको आधारमा गर्नु पर्नेछ।